728x90 AdSpace

Latest News
Powered by Blogger.
Thursday, October 27, 2016

भारतका राष्ट्रपति नेपाल आउँदा सार्वजनिक विदा

indian President Mukharji


भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने दिन सरकारले सार्वजनिक विदा दिने  भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले चीन र भारतका राष्ट्रपति नेपाल भ्रमणमा अाउने दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।
 
भारतीय राष्ट्रपति अाउँदा सार्वजनिक विदा दिएर स्वागत गर्ने सरकारको निर्णय
चिनियाँ राष्ट्रपति सि जिङपिङको नेपाल भ्रमणबारे सरकारी तहबाट कुनै पहल भएको छैन। केपी ओली सरकारको पालामा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण तयारी सुरु गरिएको थियो। त्यतिबेला उनी असोजमा नेपाल अाउने भन्ने चर्चा थियो। 
'भारत परस्त जस्तो नदेखियवस् भनेर देखाउनलाई सरकारले भ्रमण तालिकामा नभए पनि चिनियाँ राष्ट्रपति अाउने दिन पनि सार्वजनिक विदा दिने क्लज राखेको हो', एक एमाले नेताले भने, 'चलाखीपूर्ण रुपमा निर्णय गरिएछ।'
यसैगरी मन्त्रिपरिषद बैठकले घरेलु तथा साना उद्योग विकास सञ्चालक समितिमा सिन्धुली झाँगाझोलीका दीपेन्द्र आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले थानकोट–चित्लाङ गणेशमान मार्गको स्तरोन्नति गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए।
Next
This is the most recent post.
Previous
This is the last post.
  • Blogger Comments
  • Facebook Comments

0 comments:

Post a Comment

Item Reviewed: भारतका राष्ट्रपति नेपाल आउँदा सार्वजनिक विदा Rating: 5 Reviewed By: Nepal Nagarik News